२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं एक्सेल्सियर कप: काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित ग-यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे ।

सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १–१ गोल गरे । संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् ग¥यो । संस्कृतिका सहज भण्डारीले दुवै गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए ।

ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गरे । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो । विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १–१ गोल गरे । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पा-यो ।

न्यु इराका विक्रान्त खतिवडाले ह्याट्रिक गरे । एनआईसीका स्लोक पौडेल एक गोल फर्काए भने एक गोल आत्माघाती रह्यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले ह्याट्रिक गरे भने करण लामा र अनिश पुजाराले २–२ गोल थपे ।