२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधारको दिगोपनामा आश्वस्त हुने अवस्था छैन: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेकाले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउनुभयो ।

उतारचढावपूर्ण विश्व अर्थतन्त्र र कोभिड महामारीका कारण अर्थतन्त्रको कतिपय समस्या सिर्जना भएको भन्दै राष्ट्रपति भण्डारीले यिनीहरुलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई नभएको उल्लेख गर्नुभयो ।