२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: सोमपाल कामीले लिए पहिलो विकेट



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले पाँच ओभरमा एक विकेट गुमाउँदै १० रन बनाएको छ ।

आजको खेलमा नेपालले भीम सार्की, सूर्य तामाङ र गुलशन झालाई बेन्चमा राखेको छ । सन्दीप जोराले भो २०१९ पछि पहिलो पटक नेपाली टोलीमा खेल्दैछन् ।

ओडिआईमा नामिबियाविरुद्धको खेलमा नेपालले चार खेल खेल्दा तीन हार बेहोरेको छ भने एक खेलमा वर्षाको कारण रद्ध भएके थियो । नेपालले पहिलो पटक नामिबियालाई हराउन चाहन्छ ।

नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव बाँकी १२ खेल खेल्नेछ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।