२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणको कीर्तिमान



file photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका छन् ।

करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने पहिलो नेपाली खेलाडी बनेका हुन् । करण केसीले इनिङको अन्तिम बलमा बेनार्ड शोल्टजलाई रोहित पौडेलबाट क्याच गराउँदै कीर्तिमान कायम गरेका हुन् ।

करणले यसअघि गत जुनमा ओमानविरुद्ध दुबै खेलमा पाँच-पाँच विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २८५ रनमा अल आउट हुँदै नेपालसामु २८६ रनको लक्ष्य दिएको छ । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बल खेल्दै ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेले ।