२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २: नेपाललाई छैटौं सफलता, सन्दीपले लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन् ।

यो समाचार तयार पार्दासम्म स्कटल्याण्ड २६।२ ओभरमा ६ विकेटको क्षतिमा ११७ रनको स्थितीमा छ ।

नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ ।

नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । स्कटल्यान्डबिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।