३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टु: माईकलको शतकमा नेपाललाई २७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत आजको खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्याण्डका लागि माईकल लिस्कले सानदार शतक प्रहार गरे । माईकलले ८५ बलमा ३ चौका तथा ९ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले ।

यस्तै, नेपालविरुद्धको आजको खेलबाट डेब्यु गरेका ज्याक जार्किभले २६ रन जोडे । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ रन बनाए । टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाउदा कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए ।

नेपालले बलिङको लागि चार जना स्पिनर प्रयोग गरेको थियो । सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । यस्तै, सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।