२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा पीएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रोमाञ्चक जित निकालेको छ । आइतबार साँझ भएको खेलमा पीएसजीले लिललाई ४–३ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याए । यस्तै, जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २–२ गोलको बराबरीमा ल्याए ।

रोमाञ्चक बनेको खेलमा ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए । यता, खेलको ८७ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–३ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा लियोनल मेसीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै पीएसजीलाई ४–३ को जित दिलाए । जितसँगै पीएसजी २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ । लिल ४१ अंकसहित छैटौं स्थानमा रहेको छ ।