२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियल मड्रिडसँग लिभरपुल ५–२ ले पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ५–२ गोलले पराजित भएको हो । लिभरपुलले पहिलो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा ५ गोल खाएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले दुई–दुई गोल गरे भने एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।

खेलमा २ गोलको अग्रता उल्ट्याएर रियलले जित निकालेको थियो । खेलको चौंथो मिनेटमा नुनेज र १४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २ गोलको अग्रताले अघि बढाएका थिए । तर, भिनिसियसले २१ औं र ३६ औं मिनेटमा गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा रियलले ३ गोल गर्‍यो । ४७ औं मिनेटमा मिलिसाओ र ५५ औं तथा ६७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ५–२ को जित दिलाए । अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।