२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सांसद सहनाज रहमानको निधन



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ ।

झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । उनी जसपाकी केन्द्रीय सदस्य समेत थिइन् । जसपाले उनलाई समानुपातिक सांसद बनाएको थियो ।

मधेसी जनअधिकार फोरम महिला संघको दुई कार्यकालसम्म उनले अध्यक्ष भएर पनि काम गरेकी थिइन् ।