२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बी: दुबै टिमले अंक बाँडे



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको मड्रिड डर्बीमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले बनाएको थियो । ७८ औं मिनेटमा जोसे मारिया जिमेनेजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८५ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई हारबाट जोगाए । खेलको ६४ औं मिनेटमा एंगेल कोरीयाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै २३ खेलबाट ५२ अंकका साथ रियल तालिकाको दोस्रो स्थानमा रहँदा समान खेलबाट ४२ अंकसहित एट्लेटिको चौंथो स्थानमा छ । यस्तै, २२ खेलबाट ५९ अंकसहित बार्सिलोना शीर्षस्थानमा यथावत छ ।




भर्खरै