२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत जानेको लर्को



अ+ अ-

काठमाडौं । भारतमा रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–४ का पुष्कर थापा कोरोनाको दोस्रो लहरका बेला चैतमा घर फर्किएका थिए। उता कमाएर ल्याएको रकम यता महिना नपुग्दै तिरतारमा सकियो। घरमा नुनतेलको खर्चका लागि पनि समस्यामा परेका उनले पसल गरे। तर, निषेधाज्ञाका कारण पसल चलेन। उनी फेरि भारततिर हिँडेका छन्।

‘पसल गरेँ। बन्दले चलेन। अरू मजदुरी केही पाइनँ’, गौरीफन्टा सीमा नाकामा लाम लागेको अवस्थामा भेटिएका थापाले भने, ‘परिवार पाल्न भारत जानुको विकल्प देखिनँ। गरिबले भारतबाहेक काँ जाने त ? विदेश (तेस्रो मुलुक) जान लाखौं खर्च हुँदैन। टिकट काटेपछि भारत जान सजिलो। त्यसैले आज भारत जान लागेको।’

कैलालीको लम्कीचुहा नगरपालिका मोतीनगरका गणेश बडुवाल पनि शुक्रबार भारत पसेका छन्। मुम्बईमा काम गर्ने बडुवालले भने, ‘घरदेश छोड्न कसलाई राम्रो लाग्ला र ? तर, केही रोजगारी पाइँदैन, के गर्नु रु भारत जानुको विकल्प छैन।’

बडुवाललाई भारतमा अझै कोरोनाको कहर यथावत् रहेको थाहा छ। दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भइरहेको समाचारमा सुनेको उनले बताए। ‘तर, त्यहाँ मालिकले खोप लगाएपछि कोरोना लाग्दैन। लागे पनि अस्पताल भर्ना हुनुपर्दैन भने’, उनले भने, ‘त्यसैमा हाम्रो देशमा खोप पनि पाइँदैन, मालिकले बोलाएकाले जान थालेको हुँ।’

कोरोना महामारी ओर्लिएपछि भारतले फेरि सहरहरू खुल्न थालेका छन्। सार्वजनिक यातायात र रेल सेवा सञ्चालनमा आएका छन्। ‘दुई महिना भयो घर आएको। दुई महिनामै बालबालिकालाई के खाऊँ, के लाऊँ भइँसक्यो। भारत नजानुको विकल्प पनि त छैन नि’, कैलालीको लम्कीचुहा–४ का रामबहादुर विष्टले भने, ‘नेपालमा मजदुरीसम्म पनि पाइएन। कतै विद्यालय भवन, कतै सडक बन्दा र काम पाउला भनेर खोजेको तर सबै काम डोजरले गरिसक्यो भन्छन्। त्यसैले केही सीप नलागेपछि भारत हिँडेको।’ यो समाचारअन्नपूर्ण पोस्टमा छ ।