२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्दैन, प्रतिपक्षको भूमिकामा खरो उत्रिन्छ’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले एमाले अरू पार्टीजस्तो दुई डुंगामा खुट्टा राख्ने पार्टी नभएको बताएका छन् ।

नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेसँगै नेता रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पुस १० को मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएकाले आफ्नो शानदार उपस्थितिसहित एमाले प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिनेछ ।’ रिजालले भने । ‘एमालेलाई कसैको नून खाएर गुन तिर्नु छैन । अविश्वसनीय, धोकाधडी र षड्यन्त्रलाई अस्वीकार गर्दै सरकारबाट फिर्ता भएका छौं ।’