२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट : नेपालद्वारा युएईलाई १ सय ९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८। ५ ओभरमा १ सय ९१ रन बनाउँदै अल आउट भयो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकिय इनिङ खेले । देव बाहेक नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाउदा उत्तम थापा ३६ रन बनाएर आउट भए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका लागि धुव्र पराशरले ३ विकेट लिए । यस्तै, हरिस शेठ्ठी, र आयान खानले समान २/२ विकेट लिए भने हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिए ।

नेपालले यस खेलमा यूएईलाई हराए आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।