२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए दुई विकेट



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई पाँचौे सफलता मिलेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा आरीफ शेखले नेपाललाई पाँचौे सफलता दिलाएका हुन् । उनले अलिशन शराफूलाई २ रनमा आउट गराए ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका थिए । सन्दीपले यूएईका असिफ खानलाई ७२ रनमा करण केसीको हातबाट क्याच गराएर आउट गरे । कुशल मल्लले रिजवानलाई २२ रनमा आउट गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

यस्तै, सन्दीपले नै यूएईका रित्य अरविन्दलाई १८ रनमा आउट गराएर नेपालको लागि दोस्रो विकेट लिएका थिए । सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दको ब्याटमा छोएर कुशल भुर्तेलको हातमा थामिन पुग्यो ।

त्यसैगरी, तिब्र गतिका बलर करण केसीले नेपालको लागि पहिलो विकेट लिएका थिए । करणले यूएईका ओपनर मूहम्मद वसिमलाई आउट गराएका थिए ।

यो समाचार तयार पार्दासम्म यूएईले ३७ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको छ ।




भर्खरै