२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका हुन् । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले १२ ओभरमा एक विकेटको क्षतिमा ५० रन बनाएको छ ।

नेपाल ३० खेलमा १३ हार र १५ जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ जित र २६ हारसहित ७ अंकका साथ अन्तिममा रहेको छ । यहि सिरिजमा पिएनजीबिरुद्धको पहिलो खेलमा नेपालले पिएनजीलाई १० विकेटले पराजित गरेको थियो ।