२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथमाथि आर्सनलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा २–० गोलले पछि परेको आर्सनल नतिजा उल्ट्याएर जित निकाल्यो ।

आर्सनललाई जित दिलाउन थोमस पार्टे, बेन ह्वाइट र रेइस नेल्सनले गोल गरे । आर्सनलले सबै गोल दोस्रो हाफमा गरेको थियो । यता बर्नमाउथका लागि फिल बिलिङ र मार्कोस सेनेसीले गोल गर्दा एक समय पाहुना टोलीले शीर्षस्थानको आर्सनललाई निकै दबाबमा पारेको थियो ।

खेलको सुरुवातमै अर्थात् ९ सेकेन्डमै बिलिङले गोल गर्दै बर्नमाउथलाई सुरुवाती अग्रता दिलाए । यो गोल प्रिमियर लिग इतिहासकै दोस्रो सबैभन्दा छिटो गोल पनि बन्यो । यस्तै, ५७ औं मिनेटमा आर्सनलले अर्को गोल खान पुग्यो । सेनेसीले हेडमार्फत गोल गरे ।

६२ औं मिनेटमा पार्टेले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । कर्नरबाट आएको बललाई स्मिथ रोएले हेड गर्दै गोल गर्ने प्रयास गरेका थिए । यता अनमार्कमा रहेका पार्टेले सहजै गोल गरे । त्यसपछि ७० औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याए ।

आर्सनलले अन्तिम समयमा, अन्तिम मिनेटमा गोल गर्दै अविस्मरणीय जित निकाल्यो । ९७ औं मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले कर्नर प्रहार गरे । बर्नमाउथका सेनेसीले उक्त कर्नरको बललाई हेड गर्दै क्लियर गर्न खोजे । तर नेल्सनले बललाई छातीले नियन्त्रण गर्दै सशक्त प्रहार गरे । उक्त बल गोलमा परिणत भयो ।

जितसँगै २६ खेलबाट ६३ अंकसहित आर्सनल शीर्षस्थानमा यथावत छ । पराजित बर्नमाउथ २५ खेलबाट २१ अंकसहित तालिकाको पुछारमा रहेको छ । यस्तै दोस्रो स्थानको सिटीको २६ खेलबाटै ५८ अंक छ ।