२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनः बुथमा मतदातालाई मोबाइल निषेध



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको हो ।

दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ । यदि, कसैले लगेको फेला परेमा निर्वाचन कसुर लगाइने पनि आयोगले जनाएको छ ।

आयोगले मतदान सकिएपछि दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने र साँझ ७ बजेसम्ममा मत परिणाम घोषणा गर्ने तयारी गरिएको जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।




भर्खरै