२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य



अ+ अ-

काठमाडौं । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।

जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको छ । स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । तितेकरेलाको मूल्य १ सय ४२ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २७ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

अहिले वर्षाद्को समय भएकाले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमीनमा धान रोप्ने काम भइरहेकाले पनि हरियो तरकारीको उत्पादन घटी मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले आर्थिक अभियान दैनिकसँग बताए ।

‘खासगरी अहिले तरकारीको उत्पादन कम भएकाले नै मूल्य बढेको हो,’ उनले भने । उनका अनुसार यतिबेला भारतमा पनि वर्षाद्का कारण तरकारी उत्पादन घटेको छ । भारतबाट नेपालमा कम तरकारी भित्रिँदा पनि मूल्य बढेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।