२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस



अ+ अ-

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा। दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।

सिफारिस गरिएकालाई मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि समिति बैठक बस्ने बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।