२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले आफ्नो कार्यकालमा असम्भव काम गरेर देखाएको छु: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव काम गरेर देखाएको दाबी गरेका छन्।

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार टुंगोमा पुर्‍याउन सबैले भूमिका खेल्नुपर्ने बताए।

‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। शान्ति प्रक्रियाको त्यो महत्त्वपूर्ण काम माओवादी सेनाको कन्टेनमेन्टहरुलाई सरकारको मातहतमा ल्याउने काममा मैले नै महत्त्वपूर्ण काम गरेका छु। काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ।’ नेपालले भने, ‘अहिले एकले अर्कालाई सजाय दिने दण्ड दिने भन्नुपर्दा पनि यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार आधारमा नै टुंगो लगाउनुपर्छ। सत्य निरूपण, बेपत्ता छानबिन आयोग बनेको छ।’