१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित राष्ट्रपतिलाई गगन थापाको सुझाव : नागरिकको राष्ट्राध्यक्ष बन्नुहोला



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षका रुपमा देख्न चाहेको बताउनुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत पौडेललाई बधाई र शुभकामना दिँदै महामन्त्री थापाले नेपालको संविधानले राष्ट्रपतिको पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गर्नुका साथै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, “नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक(राष्ट्राध्यक्षको चाहना हो। रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।”

महामन्त्री थापाले पौडेललाई हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य र नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसंग आबद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो भन्दै भन्नुभयो, “तर अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसंग पनि अतिरिक्त अनुराग रहनुहुँदैन। अब तपाईं हाम्रो दलको मात्र होइन सवैको अभिभावक हो।”

महामन्त्री थापाले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भूमिका, मर्यादा र गरिमामा रहन प्रतिबद्ध हुनु जरूरी रहेको उल्लेख गर्नुभएको छ ।

“राष्ट्रपति पार्टीको जस्तो भएको भन्ने आलोचना गर्छौं तर दोष हाम्रो पनि त हो, राष्ट्रपतिले म कुनै पार्टीमा थिएँ भन्ने सोचेर व्यवहार गर्नुहुन्न भन्ने अपेक्षा राखेजस्तै पार्टीले पनि मेरो सदस्य, नेता भनेर त्यो संस्थाको दुरुपयोग गर्ने चेष्टा गर्नुहुन्न भन्ने कुरा अपेक्षित हुन्छ”, उहाँले भन्नुभएको छ, “त्यसैले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भुमिका, मर्यादा र गरिमामा रहन दिन हामी पनि उत्तिकै प्रतिबद्ध हुनु जरूरी छ।

राष्ट्रपतिलाई महामन्त्री थापाका ५ सुझाव यस्तो छ ः

१. नेपालको संविधानले राष्ट्रपतिको पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ। संगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ। हामीले संविधान निर्माण गर्दा राष्ट्रपतिलाई नेपालको लोकतन्त्रको एक अपरिहार्य र महत्वपूर्ण लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेका हौं। नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक(राष्ट्राध्यक्षको चाहना हो। रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।

२. हाम्रो राष्ट्रपति संवैधानिक हो र संविधानले नै राष्ट्रपतिका कामलाई दिशा निर्देश गरेको छ। ‘त्जभ प्ष्लन अबल मय लय ध्चयलन’ भनेको जस्तै हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो। किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो। अर्थात हरेक निर्णयको जवाफदेही सिफारिश गर्नेले नै लिनुपर्ने भएकाले राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता राखिएको हो। संविधानको यो परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्छन्। तर, प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप गर्दैनन्। यो व्यवस्थाका निम्ति यति लामो संघर्ष गरेको व्यक्ति नै यो व्यवस्थाको सर्बोच्च पदमा पुग्दा यो संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउनुहुनेछ र संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ।

३. तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसंग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो। तर, अव तपाईं मन, वचन र कर्मले योसंग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसंग पनि अतिरिक्त अनुराग रहनुहुँदैन। अब तपाईं हाम्रो दलको मात्र होइन सवैको अभिभावक हो। संगैमा दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ।

४. राष्ट्रपतिको सम्मान, गरिमा र प्रतिष्ठा परम्परागत मान, अलंकार र सुरक्षा कवचमा होइन, संविधानसम्मत भूमिका, पारदर्शी कार्य सम्पादन, सरल जीवन शैली र नागरिक संस्कारमा अन्तर्निहित हुन्छ। विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ। तपाईंले यस्तो गर्दिन भन्नुभएको छ, सकारात्मक छ। त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक(भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्,देख्न सकुन्।

५. राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्वपूर्ण भुमिका छ। यो मौका हो नयाँ थालनी गर्न। अतस् केही नयाँ शुरुवात गरौं।

पहिलो, राष्ट्रपतिको मुख्य सल्लाहकार भनेको प्रधानमन्त्री नै हो। त्यसैले राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु(सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास वसाल्नु आवश्यक छ। दोस्रो, विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली वदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको छ, तत्काल वदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो। प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस्।

अन्त्यमा, राष्ट्रपति पार्टीको जस्तो भएको भन्ने आलोचना गर्छौ तर दोष हाम्रो पनि त हो१ राष्ट्रपतिले म कुनै पार्टीमा थिंए भन्ने सोचेर व्यवहार गर्नुहुन्न भन्ने अपेक्षा राखेजस्तै पार्टीले पनि मेरो सदस्य, नेता भनेर त्यो संस्थाको दुरुपयोग गर्ने चेष्टा गर्नुहुन्न भन्ने कुरा अपेक्षित हुन्छ। त्यसैले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भुमिका, मर्यादा र गरिमामा रहन दिन हामी पनि उत्तिकै प्रतिवद्ध हुनु जरूरी छ।
(गगन थापा
२०७९ फागुन २६