२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाईज संकटासँग रोकियो



अ+ अ-

काठमाडौँ । जावलाखेल युथ क्लवलाई पराजित गर्दै फ्रेन्ड्स क्लवले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लवले जावलाखेल युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एकएक गोल गर्दा जावलाखेलका फोडे फोफानाले सान्तोवना गोल फर्काएका थिए ।

टोलीमा विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ खेलेको फ्रेन्ड्सले खेलको १९ औं मिनेटमा अग्रता निकालेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले प्रहार शसक्त बल रोक्ने क्रममा जावलाखेलका गोलकिपर अनिश देउलाले पन्च गर्दै फालेको रिबाउण्ड बलमा राफिकले गोल गरेका हुन् । त्यसपछि दबाब दिएर खेलेको फ्रेन्ड्सले ४० औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान प्रकाशले लक्ष्मण रुचालले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा फ्रेन्ड्सले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको जावलाखेल खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा अग्रता छोट्याएको थियो । जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल अन्तर घटाएका थिए ।

फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो । इन्जुरी समयमा जवालाखेलका कप्तान सिमान्त थापा दोहोरो पहेँलोको कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ । लिग अन्तर्गत मंगलवार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र संकटा क्लवले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चर्च ब्वाईजमा अञ्जन बिष्टको आगमन भएको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो ।

दुवै टोलीले खेल अवधिभर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । यससँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले जारी लिगमा पहिलो बराबरी खेलेको छ । यसअघि चर्चले अघिल्लो तीन खेलमा सुखद् नतिजा निकाल्दै शीर्षता कायम राखेको थियो । चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटाले ४ खेलमा ५ अंक जोडेको छ ।

लिगमा बुधवार दुई खेल हुनेछन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लव र एपिएफ क्लव तथा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच खेल हुनेछ ।