५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज महाभिडन्त, जर्मनीलाई इंग्ल्यान्डको चुनौती



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको युरो २०२० फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।

अन्तिम १६ का अन्तिम दुई खेलमा इंग्ल्यान्ड र जर्मनी आमनेसामने हुँदैछन् भने स्विडेन र युक्रेनबीचको खेल पनि आज राति नै हुँदैछ ।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिमको प्रमुख लक्ष्य एक अर्कालाई हराएर क्वाटरफाइनलमा पुग्ने हुनेछ ।

इंग्ल्यान्ड समूह 'डी' बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।  इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  ।

जर्मनीले समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।

यी दुई टिमले हालसम्म ३२ पटक एकअर्काविरुद्ध खेलेका छन् । जर्मनीको पक्षमा १५ पटक खेल रहेको छ भने १३ पटक इंग्ल्यान्डले जितेको छ ।  ४ खेल भने बराबरीमा सकिएको छ । 

यस्तै स्कटल्याण्डको ह्याम्पडेन पार्कमा स्विडेन र युक्रेनले राति १२ः४५ बजे खेल्दैछन् । दुबै टिम एकअर्कालाई हराएर क्वाटरफाइनलमा पुग्ने दाउमा रहेको छ । 

स्विडेन समूह 'ई' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो  । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो ।

युक्रेन समूह 'सी' बाट उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको थियो ।

हालसम्म यी दुई टिमले ४ पटकमात्र एक अर्काविरुद्ध खेलेका छन् । जसमा ३ खेल युक्रेनले जितेको छ भने १ खेल स्वीडेनको पक्षमा गएको छ ।