२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, हालाण्ड एक्लैले गरे पाँच गोल



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मनको फुटबल क्लब आरबी लाइप्जिगलाई ७–० ले पराजित गर्दै समग्रमा ८–१ को नतिजासहित सिटीले अन्तिम आठमा स्थान बनाएको हो ।

दोस्रो लेग अन्तर्गत घरेलु मैदानमा सिटीलाई सानदार जित दिलाउन एर्लिङ हालाण्डले ५ तथा इल्काए गुन्डोवान र केभिन डी ब्रुएनाले एक–एक गोल गरे ।

हालाण्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको २२ औं मिनेट(पेनाल्टीमार्फत), २४, ४५.२, ५३ औं र ५७ औं मिनेटमा गोल गरेका हुन् । उनी च्याम्पियन्स लिगमा एकै खेलमा पाँच गोल गर्ने पाँचौं खेलाडी बनेका छन् ।