२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईले पिएनजीलाई हरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा बुधबार भएको खेलमा यूएईले पिएनजीलाई ६ विकेटले हराएको हो । पिएनजीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

यूएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ११९ रनको शतकीय पारी खेले । विष्फोटक इनिङ्स खेलेका उनले १२ छक्का र ६ चौका प्रहार गरे । यस्तै, भृत्य अरविन्दले ५६ बलमा ३३ रन जोड्दा आयान अफजल खानले ३८ बलमा २७ रनको योगदानी दिए । यस्तै, चुन्डांगापोइल रिजवान ४४ बलमा २९ रनसहित अविजित रहे । आसिफ खानले ३ बलमा ११ रन जोडे ।

पिएनजीका रिले हेकुरेले दुई तथा काबुआ मोरीयाले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २३४ रन जोड्यो ।

पिएनजीका लागि कप्तान अशाद भालाले सर्वाधिक ६५ रनको योगदान दिए । ९२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । यस्तै, नोर्मान भनुआ ४९ बलमा अविजित रहे ।

यस्तै, रिले हेकुरेले २२ बलमा ३३ रन जोड्दा किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । आल्र्स अमिनिले ४४ बलमा २२ रन जोडे भने गाउडी टोकाले २५ बलमा १५ रन जोड्दै पेभिलियन फिर्ता भए ।

यूएईका लागि हजरत बिलालले चार विकेट लिँदा रोहन मुस्तफा र जवार फरिदले एक–एक विकेट लिए ।