५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टी सुटआउटमा फ्रान्सलाई पाखा लगाउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ । रोमानियाको नेशनल एरेना मैदानमा भएको खेलमा फ्रान्सलाई पेनाल्टीमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

दुबै टिमले ३-३ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अति नै रोमाञ्चक खेलमा फ्रान्सका लागि ५७ औं र ५९ औं मिनेटमा करिम बेन्जेमाले र ७५ औं मिनेटमा पल पोग्बाले गोल गरेका थिए ।

यता स्वीट्जरल्यान्डका लागि १५ औं र ८१ औं मिनेटमा ह्यारीस सेफेरोभिचले र ९० औं मिनेटमा मारियो गाभ्रानोभिचले गोल गरे ।  अतिरिक्त समयमा पनि बराबरीमा खेल सकिएपछि खेल पेनाल्टी सुटआउटमा  गएको हो ।  । फ्रान्सको अन्तिम पेनाल्टी सुटआउटमा किलियन एम्बाप्पेले गोल गर्न चुकेपछि खेल स्वीट्जरल्यान्डको पक्षमा गएको हो ।

अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।