एजेन्सी । युरो २०२० अन्तर्गत फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ । रोमानियाको नेशनल एरेना मैदानमा भएको खेलमा फ्रान्सलाई पेनाल्टीमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
दुबै टिमले ३-३ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अति नै रोमाञ्चक खेलमा फ्रान्सका लागि ५७ औं र ५९ औं मिनेटमा करिम बेन्जेमाले र ७५ औं मिनेटमा पल पोग्बाले गोल गरेका थिए ।
यता स्वीट्जरल्यान्डका लागि १५ औं र ८१ औं मिनेटमा ह्यारीस सेफेरोभिचले र ९० औं मिनेटमा मारियो गाभ्रानोभिचले गोल गरे । अतिरिक्त समयमा पनि बराबरीमा खेल सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । । फ्रान्सको अन्तिम पेनाल्टी सुटआउटमा किलियन एम्बाप्पेले गोल गर्न चुकेपछि खेल स्वीट्जरल्यान्डको पक्षमा गएको हो ।
अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।












