२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल युरोपा लिगबाट बाहिरियो, यी हुन् क्वाटरफाइनलमा स्थान बनाउने आठ टिम



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब आर्सनल युरोपा लिगबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा आर्सनल पोर्चुगीज क्लब स्पोर्टिङ सीपीसँग टाईब्रेकरमा पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको हो ।

अन्तिम १६ को दोस्रो लेगमा निर्धारित समयमा १–१ गोलको बराबरी र थप समयमा एग्रिगेटमा पनि ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

जसमा स्पोर्टिङ ५–३ ले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । आर्सनलका गाब्रियल मार्टिनेली पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि खेलको १९ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै घरेलु टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ६२ औं मिनेटमा पेड्रो गोन्काल्भेसले गोल गर्दै स्पोर्टिङलाई बराबरीमा ल्याए । उनले झण्डै सेन्टर बाट गोल गरे । आर्सनलका गोलकिपर अगाडि बढेको अवस्थामा उनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

यस्तै गएराति भएका विभिन्न खेलहरुको नतिजासँगै युरोपाको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

यी हुन् क्वाटरफाइनलमा स्थान पक्का गर्ने टिमः
म्यान्चेस्टर युनाइटेड (इंग्ल्याण्ड)
स्पोर्टिङ सीपी (पोर्चुगल)
युभेन्ट्स (इटाली)
सेभिया (स्पेन)
फेयनुर्ड (नेदरल्याण्ड्स)
रोमा (इटाली)
बायर लेभरकुसेन (जर्मन)
रोयल युनियन एसजी (बेल्जियम)