८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारदिन भित्रै सरकारलाई पूर्णता दिन्छु – प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पार्नु भयो ।

उहाँले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘अव आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ ।

सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अव आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताउनु भयो ।