२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्का सम्मिलित एसियाले जित्यो लेजेन्ड्स लिगको उपाधि



अ+ अ-

काठमाडौँ । लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले जितेको छ ।

सोमबार राति सम्पन्न फाइनलमा खेलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै एसिया च्याम्पियन बनेको हो । फाइनलमा जायन्ट्सले दिएको १४८ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

एसियाका लागि ओपनरद्वय उपुल थरंगा र तिलकरत्ने दिलशानले अर्धशतीय इनिङ्स खेले । ४२ बलको सामना गरेका दिलशानले ८ चौकासहित ५८ रन बनाउँदा थरंगाले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५७ रन जोडे । पारसले भने फाइनलमा ब्याटिङमा मौका पाएनन् ।

बलिङमा जायन्ट्सका समित पटेल, ब्रेट ली र मोन्टी पनेसरले एकरएक विकेट लिए । त्यसअघि दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

उसका लागि ज्याक कालिसले ५४ बलमा ५ चौका र र ३ छक्कासहित अविजित ७८ रन बनाए । त्यस्तै, रस टेलरले ३२ र लेन्डल सिमन्सले १७ रन जोडे । एसियाका लागि अब्दुर रज्जाकले दुई र थिसरा परेराले एक विकेट लिए । पारसले फाइनलमा बलिङमा पनि अवसर पाएनन् ।