काठमाडौं । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोली (सोमबार) सकिँदैछ । यस पटकको थप निषेधाज्ञा भने काठमाडौं उपत्यकामा अझै केही सहज बनाईने तयारी गरिएको छ।
सरकारले आउँदो असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ भने निजी सवारी साधनको हकमा गत सातादेखि नै जोर(बिजोर प्रणालीअनुसार सञ्चालनमा आईसकेको छ । तर निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने अझै खोल्न नदिइने भएको छ।
पछिल्लोपटकको निषेधाज्ञा भोली सकिने भएसंगै सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ। कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ।












