२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थेँ– माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर बन्न नचाहेको बताउनुभएको छ ।

पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकमा उहाँले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताउनुभयो । सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको उहाँको भनाइ थियो ।

“हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौँ । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ”, उहाँले भन्नुभयो ।

आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले अस्तिको मिटिङमा भनेको थिए । ख्याल रहोस् । अहिले गठबन्धनमा १० वटा छ । म प्रधानमन्त्री भएको बेलामा २२ वटा पार्टीलाई एकताबद्ध बनाएर प्रधानमन्त्री भएको मान्छे । अहिले १० वटा पार्टी हुँदैमा आत्तिनुपर्ने छैन । साथ दिनेहरूलाई मिलाएर लाने हो ।”

नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको अहंकारप्रति लक्षित गर्दै उहाँले त्यो अहंकारले गर्दा सबैलाई बेवास्ता भएको र प्रचण्ड प्रधानमन्त्री हुने अवस्था बनेको बताउनुभयो ।