२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली ब्याटिङ फेरि प्लप, इङ्ल्याण्डसँगको शृंखला ३–० ले गुमायो



अ+ अ-

साउथह्याप्टनः इङ्ल्याण्ड भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिम ब्याटिङ र बलिङ दुबै विधामा यसपटक असफल सावित भएको छ । श्रीलंकाले खेलेका तीनवटै २०–२० क्रिकेट खेलमा श्रीलंकाले इङ्ल्याण्डसामु लज्जास्पद हार सहनु परेको छ ।

तीन खेलको यस शृंखला अन्तर्गत अन्तिम खेलमा भ्रमणकारी श्रीलंका इङ्ल्याण्डसँग ८९ रनले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको विशाल चुनौती खडा गरेको थियो । इङ्ल्याण्डका लागि जोन्नी बेयरस्टले ५१, डाविड मलानले ७६ रन बनाएका थिए ।

जवाफमा ब्याटिङ गर्न उत्रेको श्रीकाली टिम १८.५ ओभरमा पूरै विकेट गुमाएर ९१ रनमै समेटियो । श्रीलंकाको पूरै ब्याटिङ लाइन ध्वस्त भएको यस खेलमा बिनुरा फर्नान्डोले २० रन बनाएका थिए र त्यो श्रीलंकाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन थियो ।

इङल्याण्डका डेभिड विल्लीले ३, साम कुरानले २ तथा क्रिस वोक्स, क्रिस जोर्डन, लियाम लिभिङ्स्टोन र मोइन अलिले समान १–१ विकेट लिएका थिए ।

श्रीलंकाले पहिलो टी–२० खेल आठ विकेटले हारेको थियो भने दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।

अब यही जुन २९ बाट श्रीलंकाले इङ्ल्याण्ड विरुद्ध तीन एकदिवसीय क्रिकेट खेल खेल्नेछ ।