२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्समाथि फ्रान्सको सानदार जित



अ+ अ-

एजेन्सी । विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन कप्तान केलियन एम्बाप्पेले दुई गोल र एक असिस्ट तथा एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले एक–एक गोल गरे ।

घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले एम्बाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।

आठौं मिनेटमा उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३–० ले अघि बढाए ।

यस्तै, ८८औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई सानदार जित दिलाए ।

यता, इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाए गोल गर्न चुके । जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ ।