२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी, कुन दलबाट को बन्दै छ मन्त्री ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ ।

मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई समेत एक÷एक मन्त्रालय छुट्याइएको बालुवाटर स्रोतको जनाएको छ ।

कुन दलबाट को हुँदै छन् मन्त्री ?
कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोही बैठकबाट मन्त्री हुने नेताको नामावली टुंगो लाग्ने बताइएको छ । माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।

एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो । यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।

लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । यस्तै, आम जनता पार्टी अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ । राजधानी दैनिक