२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु– भीम रावल



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले नछोड्ने बताएका छन् । धनगढीमा सञ्चारकर्मिहरुसँ कुरा गर्दै उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

पत्रकारहरुले सोधेका, ‘कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु -त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने रावलले बताए ।