२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी सहकार्यमा पिस म्याराथन सहित बिभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचार प्रचारमा सहयोग गर्ने उल्लेख छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो । पूर्व पर्यटनमन्त्री समेत रहनुभएका श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पु(याउने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउनुहुँदै उहाँले समकालिन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको बताउनुभयो । कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरु सहभागि हुनेछन् ।




भर्खरै