२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङदेन(भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताउनुभएको छ ।

बिहीवार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुग्नुभएका उहाँले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताउनुभएको हो ।

उहाँले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताउनु भयो । अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प न्रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिनेकुरा सह्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो । तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन । देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन् । सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ । विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेको थियो ।

हामी सरकारमा थोरै समय रहेपनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ । केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन । उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ ।’

अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताउनु भयो ।