२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रह्मास्त्र २ र ३ को सुटिङ एकैसाथ हुने



अ+ अ-

एजेन्सी । हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् ।

अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताए । उनले यसपटक चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।

भारतीय मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट फ्यानको ठूलो अपेक्षा छ ।

अयानले अगाडि भने, ‘मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए । फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौं । तैपनि हामीले धेरै राम्रो नम्बर पायौं, धेरैले हाम्रो फिल्म मन पराए ।’

गत वर्ष रिलिज भएको फिल्म ‘ब्रह्मास्त्र’ मा अत्यधिक भिएफएक्स प्रयोग गरिएको थियो । यस फिल्ममा रणवीर कपुर, आलिया भट्टसँगै अमिताभ बच्चन पनि थिए ।




भर्खरै