७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका लागि खानेपानी माग्दै मेयर हर्क साम्पाङ प्रधानमन्त्री समक्ष



अ+ अ-

काठमाडौँ । धरानवासीलाई खानेपानी माग्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाउनुभएको छ ।

मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघासहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिनदिन प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरेको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा खानेपानीको अभाव धरानको प्रमुख समस्या भन्दै उक्त समस्याको समाधान गर्न गरिएका यसअघिका प्रयासहरु सहायकसिद्ध मात्र भएकाले समस्याको दीर्घकालीन समाधान कोशी नदीबाट पानी ल्याउनु नै रहेको देखिन्छ भनिएको छ ।

बर्खाको समयमा सर्दु खोलामा भएको पानीलाई जलाशय बनाई सञ्चित गर्न सकेको खण्डमा सुक्खायाममा कम्तीमा पनि चार महिनालाई पुग्ने पर्याप्त खानेपानी रहने हुँदा उक्त आयोजनाको विशेष महत्त्व रहेको ज्ञापनपत्रमा उल्लेख छ । यसका लागि रु एक अर्ब ५० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।