२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः राजस्थानलाई पञ्जाबको चुनौति



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टीमबीचको खेल गुवाहाटीस्थित आसाम क्रिकेट एसोसियन (एसीए) स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम लगातार दोस्रो जितको खोजिमा हुनेछन् । गत शनिबार पञ्जाबले कोलकातालाई ७ रनले हराउँदा राजस्थानले आइतबार हैदराबादलाई ७२ रनले पराजित गरेको थियो । उक्त खेलमा राजस्थानका जोस बटलर, यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले अर्धशतक बनाएका थिए । यस्तै, दोस्रो इनिङ्समा युजभेन्द्र चहलले १७ रन दिएर ४ विकेट लिएका थिए ।

टोलीमा पञ्जाबविरुद्ध ४ विदेशी खेलाडीमा बटलर, शिमरोन हेटमायर, जेसन होल्डर र ट्रेन्ट बोल्ट हुन सक्नेछन् । यिनीहरु बाहेक रविचन्द्रन आश्विन, यशस्वी र देवदत्त पद्दिकलले पनि टिमलाई बलियो बनाइरहेका छन् ।

पञ्जाबले कोलकाता नाइट राइडर्सलाई डिएलएस पद्धतिअन्तर्गत मोहालीमा ७ रनले पराजित गरेको थियो । ३ विकेट लिने अर्शदीप सिंह प्लेयर अफ दि म्याच भए । त्यस्तै, भानुका राजपाक्षे, शिखर धवन र साम करणले ब्याटिङमा राम्रो प्रदर्शन गरे । कागिसो रबाडा राजस्थानविरुद्धको खेलमा पञ्जाब टोलीमा फर्किनेछन् । भानुका राजापाक्षे, सिकन्दर राजा र साम करण टोलीमा बाँकी विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक धवन, अर्शदीप र राहुल चाहरले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

सन् २०१९ देखि राजस्थान र पञ्जाबबीच प्रतिस्पर्धा बढ्न थाल्यो । त्यसपछि जयपुरमा रविचन्द्रन आश्विनको कप्तानीमा रहेको पञ्जाबले पहिलो इनिङ्समा १८४ रन बनाएको थियो । जवाफमा राजस्थान १२ औं ओभरसम्म खेल जित्ने अवस्थामा थियो तर १३औं ओभरमा अश्विनले ६९ रनमा ब्याटिङ गरिरहेका बटलरलाई आउट गरेका थिए । यो विकेटपछि राजस्थान १४ रनले पराजित भयो ।

यस खेलपछि २०२० मा राजस्थानका राहुल तेवाटियाले पञ्जाबका शेल्डन कोट्रेलको ओभरमा ५ छक्का प्रहार गर्दै आफ्नो टोलीलाई २२४ रनको लक्ष्य पछ्याउन सफल भएका थिए । २०२१ मा, राजस्थानका कार्तिक त्यागीले पञ्जाब विरुद्ध अन्तिम ओभरमा ४ रन बचाउँदै आफ्नो टोलीलाई २ रनले जित दिलाए ।

आज फेरि यी दुईबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । हेड टु हेड म्याचको कुरा गर्दा दुवै टोलीले आपसमा २४ खेल खेलिसकेका छन् । रोयल्सले १४ पटक र किंग्सले १० पटक खेल जितेका छन् ।