२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभित्रको सरसफाइ त सबैले गर्नुपर्छ तर के यसरी गर्नुहुन्छ ?



अ+ अ-

१) खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्।

२) घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् ।

३) उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्।

४) भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्।

५) चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा-पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्।

(एजेन्सीको सहयोगमा)