५ असार २०८३, शुक्रबार
,
Latest
रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०: डेनमार्कलाई हराउँदै फिनल्याण्डको ऐतिहासिक जित



अ+ अ-

काठमाडौं । युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा डेनमार्क र फिनल्याण्डबिच भएको आजको (आईतबार) खेलमा फिनल्याण्डले जित हात पारेको छ । फिनल्याण्डले डेनमार्कमाथी १-० गोलअन्तरले जित हात पारेको हो । फिनल्याण्डका लागि पोजह्नपालोले खेलको ६० औं मिनेटमा गोल गरेका थिए ।

डेनमार्कको लागि गोल फर्काउन पेनाल्टी पाएपनि उक्त पेनाल्टीमा गोल गर्न भने सकेन । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो  । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा पहिलो जित हो ।

जितसँगै समूह 'बी' को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । यता डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) क्रिस्टियन एरिक्सन खेलका दौरान मैदानमा ९क्याप्टेन० एरिक्सन अचानक ढलेपछि उनलाई अस्पताल पुर्याईएको छ ।

२९ वर्षिय खेलाडी एरिक्सन खेलको पहिलो हाफको ४३ औं मिनेटमा एक्कासी बेहोस भएर मैदानमा ढलेका थिए। उनको अवस्था अहिले स्थिर भएको रहेको यूईएफएले जनाएको छ । एरिक्सन खेलको दौरानमा त्यसरी घाईते भएपछि खेल केहि समयको लागि अवरुद्ध पनि भएको थियो । तर अस्पताल पुगाईएका खेलाडि एरिक्सनको अवस्था स्थिर भएको खबर पश्चात खेल पुनः खेलिएको हो।