३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्छ: मन्त्री गुरुङ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले धेरै पटक पार्टीको केन्द्रिय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको भन्दै सबै ठूला नेताहरुको सम्पती छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यिनै विकृति, विसंगति, बेथितिले हाम्रो अनुहार लत्पतिन थाल्यो यो दल त्यो दल होइन सबै चुर्लुम्म डुब्यो भनेर केन्द्रिय समितिमा ठूला नेताको सम्पती छानबिन गर्नुपर्छ भनेर बहस छेडेको थिएँ । नेपालीलाई पनि भूटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो । हामी मुलुकको रुपान्तरण खोज्छौँ भने हामीले सबैभन्दा पहिला आफैँ रुपान्तरण हुन आवश्यक छ । भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ । जबसम्म भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ कारबाही गर्दैनौँ, तबसम्म भइरहन्छ ।’

मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताउनु भयो ।