२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुलेट प्रुफ कारमा उच्च सुरक्षाका साथ मुम्बई एयरपोर्ट पुगे सलमान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खान मुम्बईको कलिना एयरपोर्टमा देखिएका छन् । अभिनेता दबंग टुरका लागि कोलकाता प्रस्थान गरेका छन्, जसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा भाइजान कालो टी–सर्ट–डेनिम जिन्समा निकै सुन्दर देखिएका छन् । यस क्रममा उनीसँगै मनिष पल पनि देखिएका थिए ।

केही दिनयता सलमान खानलाई ज्यान मार्ने धम्की आइरहेको छ । जसका कारण धेरै सुरक्षाको बीचमा अभिनेता बुलेट प्रुफ कारमा एयरपोर्ट पुगेका थिए । यस क्रममा भाइजानले पापाराजीलाई हात हल्लाए ।

सलमान खान आज कोलकाताको ईस्ट बंगाल फुटबल क्लबको मैदानमा ‘दबंग द टुर रिलोडेड’ नामक कार्यक्रममा सहभागी हुनेछन्, जहाँ उनले लाइभ शो गर्नेछन् । कलाकारको यो शो साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । मिडिया रिपोर्टका अनुसार यसअघि सलमानले मुख्यमन्त्री ममता बनर्जीसँग कालीघाटको घरमा भेट गर्नेछन् । उनले मुख्यमन्त्रीलाई भेट्न समय मागेका थिए ।

दबंग टुर पहिले नै हुनुपर्ने थियो । यद्यपि यसको कारण भने खुल्न सकेको छैन तर सलमानको सुरक्षाका कारण कार्यक्रम स्थगित भएको अनुमान गरिएको छ ।

सलमान खान हालै पारिवारिक ड्रामा ‘किसी का भाइ किसीकी जान’मा देखिएका थिए । फरहाद सामजीले निर्देशन गरेको यस फिल्ममा पूजा हेगडे, शहनाज गिल, पलक तिवारी र वेंकटेश दग्गुबातीको मुख्य भूमिका रहेको छ । यद्यपि यो मल्टिस्टार फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।

अब सलमान छिट्टै एक्सन फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । फिल्ममा कट्रिना कैफ र इमरान हाश्मीको पनि महत्वपूर्ण भूमिका रहनेछ । मनेश शर्माले निर्देशन गरेको यो फिल्म नोभेम्बर २०२३ मा रिलिज हुने तय भएको छ ।

 




भर्खरै