५ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाद्वारा बोलाईएको सर्वदलीय बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान भएको छ । बैठक आज (शुक्रबार) दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्नेछ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठकमा सापकोटाले समसामयिक विषयमा छलफल गर्ने बताईएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाईए पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आजको बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति नरहने जस्तो संकेत गराएका छन् । यधपी, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै गत बुधबार नै चिठी लेखेका थिए । 
प्रम ओलीलाई बैठकमा सहभागी हुन सभामुखद्वारा लेखिएको चिठी:

त्यस्तै आजको बैठकमा ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई पनि बोलाइएको छ ।  सभामुख सापकोटाले यसअघि पनि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरिसकेका छन् ।