२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता जोखिममा पर्ने अवस्था देखियोः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताउनु भयो । उहाँले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताउनु भयो । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यक्ता छ । कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो । सामाजिक न्यायको झण्डा हो । समानताको झण्डा हो । विकासको र समृद्धिको झण्डा हो । यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ । विकास हामी बोकिरहेका छौँ तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसंगति अहिले पनि विद्यमान छन् । ’

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताउनु भयो ।

 




भर्खरै