२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः दुई ‘हेभिवेट’ टिमको ‘हाई भोल्टेज’ भिडन्त



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडले प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनलको दोस्रो लेग आज मध्यरातमा म्यान्चेस्टर सिटी र रियल मड्रिडबीच सिटीको घरेलु मैदान इतिहाडमा हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसअघि रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा १–१ गोलको बराबरी खेलेको सिटीले आज आफ्नो मैदानमा फाइदा उठाउने दाउमा छ । सिटीको घरेलु सर्मथकबीच खेल्न रियललाई चुनौतीपूर्ण हुनेछ ।

रियल मड्रिडले क्वाटरफाइनलमा चेल्सीलाई समग्रमा ४–० को नतिजाले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, म्यान्चेस्टर सिटीले बायर्न म्युनिखलाई समग्रमा ४–१ ले पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गत सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमै सिटी रियल मड्रिडसँग समग्रमा ६–५ ले पराजित हुँदै उपाधि सपना तुहिएको थियो । आज सिटी त्यसकै बदला लिने दाउमा हुनेछ । सिटीका कप्तान इल्काए गुन्डोवान, केभिन डी ब्रुएना र एर्लिङ हालाण्डको अट्याकिङलाई रोक्नु रियलका डिफेन्डरलाई कठिन हुनेछ ।

यता, रियलका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर र रोड्रिगोले पनि सिटीका डिफेन्डरसामू चुनौती पेश गर्नेछन् । च्याम्पियन्स लिगमा रियल मड्रिडको इतिहास बलियो छ । साविक विजेतासमेत रहेको रियलले सर्वाधिक १४ पटक च्याम्पियन्स लिग जितेको छ ।

आजको विजेताले उपाधिका लागि जुन ११ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टरले गएराति भएको खेलमा शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० को नतिजाले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल टर्कीको इस्तानबुल शहरमा हुनेछ ।




भर्खरै