२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा



अ+ अ-

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको १४ पल्टको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दोस्रो लेगमा सिटीले आफ्नै मैदानमा एकपक्षीय प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले सर्वाधिक दुई गोल गरे । यस्तै, म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनी केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए । ३७औं मिनेटमा सिल्भाले दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । उनको प्रहार एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पुर्‍याए ।

८९औं मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका अल्भारेजले अर्को परिवर्तित खेलाडी फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । सिटीले घरेलु मैदानमा सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।

दोस्रो हाफको शुरुमा सिटीलाई दवावमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल खाएपछि रियलको खेल हातबाट फुत्कएिको थियो ।

सिटीले यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहोर्‍याएन । सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो ।

अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।

इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

तीन उपाधि जिते सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।