काठमाडौं । आज नीति तथा कार्यक्रम चार प्रदेश सरकारद्वारा प्रस्तुत गरिँदैछ। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष ०७८र०७९ का लागि सरकारहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश १: प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८ ७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
प्रदेश २: प्रदेश २ मा प्रदेश प्रमुख राजेश झा अहिराजले आज दिउँसो २ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
बागमती प्रदेश: आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठक बस्दैछ । बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।
सुदूरपश्चिम प्रदेश: बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।












